Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

महामारी नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य नै ठूलो औजार: अध्यक्ष तिमिल्सिना

महामारी नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य नै ठूलो औजार: अध्यक्ष तिमिल्सिना

  • 557
    SHARES
  • महामारी नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य नै ठूलो औजार: अध्यक्ष तिमिल्सिना

    काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मानव जीवनको रक्षाका लागि आपसी सहयोग र अनुभव आदान-प्रदान महत्वपूर्ण हुने बताएका छन् ।

    चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्रष्ट्रिय विभागले आयोजना गरेको भर्चअल बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले अहिलेको पुस्ताले भोग्नुपरेका महामारी मध्येमा यो सबैभन्दा ठूलो मानवीय संकट भएकाले आपासी सहयोग र अनुभव आदान-प्रदानबाट यसलाई पराजित गर्नुपर्ने बताए । 

    नेपालमा क्रियाशील मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहभागी गराएर महत्वपूर्ण कार्यक्रम आयोजनाका गरेकोमा चिनियाँ कम्युनिस्ट पार्टीलाई उनले धन्यवाद व्यक्त गरे ।

    ‘विश्वनै एक गाउँका रुपमा स्थापित एक्काइसौ शताब्दीको अन्तरनिर्भर विश्वमा कोभिड-१९ जस्तो महामारी परास्त गर्न अन्तर्राष्ट्रिय सहकार्यनै सबैभन्दा ठूलो औजार हो,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘यस महामारी विरुद्धको लडाईमा महामहिम राष्ट्रपति सी चीनफिङको सवल नेतृत्वमा चीनले अग्रणी भूमिका निर्वाह गरिरहेको छ। महामारीको समयमा राज्येले खेल्नुपर्ने भूमिका, संक्रमण दर तिब्र भएको कोरना जस्तो भाइरसको फैलावट रोक्ने विधि लकडाउनदेखि कोभिड प्रतिरोधी खोपको विकासमा चिनियाँ मोडल विश्वाव्यापी भएको छ।’ 

    चीनले स्वयं महामारीसँग जुधिरहेको समयमासमेत नेपाल सहितका छिमेकी र अन्य मुलुहरुलाई गरेको सहयोग स्मरणीय रहने बताए । ‘महाभारीका समयमा अत्यावश्यक सामग्री उत्पादन र वितरण गरी चीनले आफूलाई विश्वको उदाउँदो शक्ति रुपमा स्थापित मात्रै गरेको  छैन, समग्र मानवीय हित रक्षाको अगुवाको पहिचान बनाएको छ,’ उनले भने । 

    अध्यक्ष तिमिल्सिनाले नेपालमा पहिलो वेभका बेला तुलनात्मकरुपमा कम क्षति भए पनि दोस्रो वेभको संक्रमण र मृत्युदर नियन्त्रणका लागि अस्पतालको शैया, अक्सिजन, आइसीयु, भेन्टिलेटर, व्यक्तिगत स्वाथ्य सुरक्षा सामग्री (पीपीई), जीवनवद्र्धक औषधि र खोपको व्यवस्थापनका लागि मित्र राष्ट्र चीनबाट भएको सहयोगका लागि धन्यवाद व्यक्त गरे । 

    ‘पछिल्लोपटक चीनले उपलब्ध गराएको अक्सिजन सिलन्डरका कारण मात्रै पनि हजारौं नेपालीको जीवनरक्षामा सहयोग पुगेको छ,’ उनले भने, ‘चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसिल खोप लिएका नागरिकमा अब महामारी परास्त गर्न सकिन्छ भन्ने आत्मविश्वास देखिन्छ। अन्य लाखौं नागरिक त्यस्तै खोपको प्रतिक्षामा छन् ।’

    अध्यक्ष तिमिल्सिनाले महामारीको अवस्थामा मानव जीवनको रक्षा नै सबैको  पहिलो प्राथमिकता हुनुपर्ने सो क्रममा बताए । ‘महामारीको भौगोलिक र राजनीतिक सीमा छैन ।मानव सभ्यता र जीवन मृत्यका अघि भौगोलिक सीमाना, राजनीतिक व्यवस्था र आर्थिक स्थिति जस्ता विषय गौण रहेछन्,’ उनले भने, ‘अन्ततोगत्व हामी सबै मानवजाती एक रहेछौं र एक भएर नै यस संकटबाट मुक्ति पाउन सक्छौं।’

    कार्यक्रममा नेपालबाट एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस नेता डा.नारायण खड्कासहित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । चीनको तर्फबाट विदेश विभागका मन्त्री सोङ ताव र उपमन्त्री चेन झोउलगायत प्रतिनिधिहरु सहभागी थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij