वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्री टुंगो लगाएको छ । सत्ता साझेदार दलहरूमा मन्त्रालय भागबन्डा गर्दा माओवादीको भागमा चारवटा मन्त्रालय परेको छ ।
माओवादीको भागमा परेका मन्त्रालयमा सूचना तथा सञ्चारमन्त्रीमा रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा सुदन किराँती र सामान्य प्रशासन मन्त्री अमनलाल मोदी बन्ने भएका छन् ।
माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् । किराती भोजपुरबाट निर्वाचित सांसद हुन भने रेखा शर्मा दाङ निर्वाचन क्षेत्रनम्बर-२ बाट निर्वाचित भएकी हुन् ।
यसैगरी मोदी मोरङ-४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार पार्टी पदाधिकारीहरूसँग छलफल गरेर मन्त्रीकाे टुंगाे लगाएका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij