Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

शपथ ग्रहणपछि राप्रपाका मन्त्रीहरू पशुपति जाने

शपथ ग्रहणपछि राप्रपाका मन्त्रीहरू पशुपति जाने

  • 342
    SHARES
  • शपथ ग्रहणपछि राप्रपाका मन्त्रीहरू पशुपति जाने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनियुक्त नयाँ मन्त्रीहरूले पद तथा गोपानीयताको शपथ ग्रहण गरेपछि पशुपति मन्दिरको दर्शन गर्न जाने भएका छन् ।

    मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गरेपछि नवनियुक्त मन्त्रीहरू पशुपतिनाथ मन्दिरको दर्शन गर्न जाने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

    पशुपतिको दर्शन गरेपछि मात्र पदबहालीका लागि सिंहदरबार जाने कार्यक्रम रहेको उनले बताए । मंगलबार राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् ।

    यसैगरी शहरी विकासमन्त्रीमा राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधानले शपथ लिएका छन् । राप्रपाका दीपक सिंह भने उर्जा राज्यमन्त्री बनेका छन् ।

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij