वेबटिभी खबर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समाचार शीर्षकका आधारमा समाचार तथा सूचना सेयर नगर्न आग्रह गरेको छ । गलत सूचनाको कारण व्यक्तिमा डर र चिन्ता बढाएको राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रकी निर्देशक डा.राधिका थपलियाले बुधबार जनाइन् ।
डा.थपलियाकाअनुसार पछिल्ला दिनहरूमा कोरोना संक्रमितको संख्या र अस्पतालको अवस्था हेर्दा धेरै व्यक्तिमा चिन्ता, डर र आत्तिने समस्या बढेको छ । यस्तो अवस्थामा सामाजिक सञ्जाल तथा समाचारमा आएका विषयवस्तुलाई एकले अर्कोलाई पठाउने वा भन्ने गरिएको देखिएको छ ।
सत्य र असत्य समाचार छुट्याउन नसक्दा अवस्था जटिल बन्ने गरेको उनको भनाइ छ । त्यसैले आधिकारीक स्रोतबाट आएका समाचारलाई मात्र सेयर गर्नुपर्ने उनले बताइन् ।समाचारको शीर्षकलाई मात्र हेरेर अस्पष्ट र भ्रमपूर्ण समाचार सेयर गरिरहेको भए आजैबाट त्यस्तो कार्य नगर्न समेत डा.थपलियाले आग्रह गरिन् ।
विपदका बेला सही सूचनाले ज्यान जोगाउँछ र गलत सूचनाले डर र चिन्तालाई बढवा दिने हुँदा विश्वासिलो स्रोतबाट आएका समाचारमा ध्यान दिन उनले सुझाइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij