वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसकी निवर्तमान सांसद डा.डिला संग्रौलाले प्रजातान्त्रिक अधिकारको रक्षाको लागि चनाखो हुनुपर्ने अवस्था आएको बताएकी छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले प्रजातान्त्रिक अधिकारको रक्षाको लागि सततः चनाखो हुनुपर्ने अवस्था आएको बताएकी हुन् ।
उनले संसदको विश्वास गुमाएको ओली सरकार संसदीय प्रजातान्त्रिक परिपाटीमा १ मिनेट पनि सत्तामा बस्न नमिल्ने उल्लेख गरेकी छन् ।
‘संसदको विश्वास गुमाएको ओली सरकार संसदीय प्रजातान्त्रिक परिपाटीमा १ मिनेट पनि सत्तामा बस्ने अधिकार रहन्न,’ उनले लेखेकी छन्, ‘आफ्नो स्वार्थका लागि अनेकौं जालझेल र प्रपन्च जड्दै जनतालाई धम्क्याएर, तर्साएर प्रजातान्त्रिक हक अधिकारका कुरालाई भाजकुज गरेर सत्ता लम्ब्याउने खेलमा लाग्नु भस्मासुरे प्रवृत्तिको परिचायक हो ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij