Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

एमालेबाट घिमिरेलाई सभामुखकाे उम्मेदवार बनाउने निर्णय

एमालेबाट घिमिरेलाई सभामुखकाे उम्मेदवार बनाउने निर्णय

  • 304
    SHARES
  • एमालेबाट घिमिरेलाई सभामुखकाे उम्मेदवार बनाउने निर्णय

    काठमाडौं । एमालेले सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । बुधबार एमालेको बैठकले झापा २ बाट विजयी घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    सत्तारुढ गठबन्धनमा सभामुख एमालेको भागमा परेको छ । घिमिरे एमाले प्रदेश १ का इन्चार्जसमेत हुन् । यसअघि एमालेमा सभामुखका लागि उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराईको नाम चर्चामा थियो ।

    तर एमाले अध्यक्ष केपी ओलीले आफ्ना विश्वास पात्र घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय लिएका हुन् । संसद सचिवालयले बुधबार १ देखि ४ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij