Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

  • 389
    SHARES
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।

    बुधबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सञ्चारमन्त्री शर्मालाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    त्यसैगरी बैठकले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि एक हप्ताभित्र कार्ययोजना निर्माण गरी मन्त्रिपरिषद् बैठकमा पेश गर्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

    मन्त्रिपरिषद्मा पेश भएको कार्ययोजना पारित भएपछि त्यसलाई कार्यान्वयनमा लैजाने गरी सो निर्देशन दिइएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए ।

    बैठकले सरकारले प्रदान गर्ने विभुषणको स्पष्ट मापदण्ड तय गर्न समिति बनाउने निष्कर्ष पनि निकालेको छ । विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । 

    त्यसैगरी बैठकले प्रतिक्विटल उखुको मूल्य ५४० रुपैयाँ तोकेको छ र सरकारले व्यहोर्ने ढुवानी भाडा ७० रुपैयाँ निर्धारण गरिएको पनि उपप्रधानमन्त्री पौडेलले बताए ।

    त्यसैगरी क्रसर उद्योगसँग सम्बन्धित समस्याको बारेमा बैठकमा छलफल भएको पनि पौडेलले बताए । यस विषयमा थप छलफल गरी उपयुक्त निर्णय पनि गर्ने उनले बताए ।

    कूटनीतिक नियोगलगायतका विदेशी प्रतिनिधिहरूलाई मन्त्रीहरूले भेट्दा परराष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थिति अनिवार्य गर्ने पनि आजको बैठकले निर्णय गरेको छ ।

    साथै आजको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा सरूवा गर्ने निर्णय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # सरकार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij