काठमाडौं । कम्बोडियाको एक क्यासिनोमा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार राति नेपाल ल्याइने भएको छ ।
क्यासिनोमा आगलागी हुँदा १२औं तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो ।
कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो तर शव ल्याउने प्रक्रियाका लागि नेपालबाट पाण्डेको आवश्यक कागजात पठाएसँगै कम्बोडियाले प्रमाणीकरण गरेपछि उनको शव शुक्रबार थाइल्याण्ड हुँदै नेपाल ल्याइने बताइएको छ ।
निराकारका बुबा अग्नि पाण्डेको भनाइमा थाइल्याण्डबाट नेपाल एयरलायन्समा शव नेपाल ल्याइँदैछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology