Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र स्वास्थ्यमन्त्री गिरीले भेटे वर्षमान पुन

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र स्वास्थ्यमन्त्री गिरीले भेटे वर्षमान पुन

  • 323
    SHARES
  • राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र स्वास्थ्यमन्त्री गिरीले भेटे वर्षमान पुन

    काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेका छन् ।

    अध्यक्ष तिमिल्सिना र मन्त्री गिरीले शुक्रबार सुमेरु अस्पताल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका हुन् ।

    स्वास्थ्यमा समस्या देखिएपछि गत पुस ३० गते नेता पुन अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।

    जन्डिस रोगबाट पीडित पुनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको कलेजोको ८० प्रतिशत भाग बिग्रिसकेकोले प्रत्यारोपण गर्नुपर्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij