नेपाल विद्यालय कर्मचारी परिषद् एक आमविद्यालय कर्मचारीहरूको साझा सङ्गठन भएको व्यहोरा सर्वविधित नै छ तसर्थ कुनै विद्यालय कर्मचारी मित्रहरू आफ्नो हकअधिकारका लागि सङ्गठित नभइ नहुने यो नेपालको इतिहासले हामीलाई छर्लङ्ग पारेको विषयमा सबै साथीहरू विज्ञ हुनुहुन्छ भन्ने मेरो बुझाइ रहेको छ तर पनि हामी विभिन्न शैक्षिक सङ्गठनहरूको सदस्यता लिने काम गरिरहेको राम्रैसँग थाहा छ ।
यदि भोलिका दिनमा हामीलाई पर्दाका बखत कुन संस्थाले आधिकारीक रूपमा साथ दिन्छ भन्ने कुरा बुझ्न जरूरी देखेको छु । सबै साथीहरूले बुझ्नु नै भएको छ तर पनि बुझीबुझी बुझ पचाएको देख्दा अलि नमजा लागेर आउने रहेछ । अहिले पछिल्लो समयमा विभिन्न स्थानीय पालिकाहरूबाट अपहेलित भएका मुद्दाहरू हामीलाई सम्बन्धित जिल्ला र पालिकाबाट आइनै रहेको छ ।
हाम्रो संस्था मार्फत् हामीले गर्न सकिने यथा सम्भव भएका विधान बमोजिम गर्नुपर्ने कार्य निरन्तर गरिरहेको विषय साथीहरूलाई जानकारी गराउन चाहन्छौं । तसर्थ नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको मातहतमा रहेका कतिपय जिल्लाहरूले केन्द्रिय समितिको विधान एवम् विभिन्न बैठकको निर्णय बमोजिमको कार्य सम्पन्न नगरिदिँदा केन्द्रीय समिति लाग्दालाग्दै पनि कतिपय विषयमा अगाडि बढ्न नसकिने रहेछ । सम्बन्धित जिल्लाबाट राष्ट्रिय समितिमा रहनु भएका पदाधिकारी सदस्यज्यू प्रदेश अध्यक्षज्यूहरू जिल्ला अध्यक्षज्यूहरूले संस्थाको विधान बमोजिम दिएको अधिकारलाई पूर्ण रूपमा प्रयोग गरी कार्यान्वयन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
यहाँहरूको साथ सहयोगबिना केन्द्रीय समितिले मात्रै सम्भव छैन भन्ने कुरा समेत जानकारी गराउँदछु । आशा छ आउँदो २०७९–११–०८ र ०९ गते आयोजना गरियको राष्ट्रिय सम्मेलनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सम्बन्धित जिल्लालाई दिएको कार्य पूर्ण रूपमा कार्यान्वयन गर्नुहुने छ । हामी कर्ममा विश्वास गर्दछौं । धन्यवाद ।
[लेखक नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष हुन् ।]
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology