वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभा उपसभामुख निर्वाचनको लागि नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गराएकी छिन् ।
शुक्रबार संघीय संसद् सचिवालय पुगेर यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका छन् ।
सोही पदका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गराइसकेकी छिन् ।
उपसभामुख चयनका लागि मतदान समय शनिबार तोकिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij