Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

उपसभामुखमा इन्दिरा र मुक्ताकुमारीबीच प्रतिस्पर्धा

उपसभामुखमा इन्दिरा र मुक्ताकुमारीबीच प्रतिस्पर्धा

  • 391
    SHARES
  • उपसभामुखमा इन्दिरा र मुक्ताकुमारीबीच प्रतिस्पर्धा

    काठमाडौं । प्रतिनिधिसभा  उपसभामुख पदमा दुईजनाको उम्मेदवारी दर्ता भएको छ ।

    संघीय संसद सचिवालयले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार उपसभामुखमा दुईजनाको मात्र उम्मेदवारी परेको हो ।

    सत्तारूढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छिन् ।

    उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छन् । साथै समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन छन् ।

    यस्तै नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

    उनको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे प्रस्तावक र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # उपसभामुख

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij