वेबटिभी खबर
बैतडी । जिल्लाका छुट्टाछुट्टै स्थानमा दुईजना मृत फेला परेका छन् ।
नेपाल भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका-४ जर्गका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएको र उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छ ।
बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार चन्द भारतमा रोजगारी गरेर घर फर्किरहेका थिए । चन्दको मृत्युको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै चार दिनदेखि बेपत्ता रहेकी सिगास गाउँपालिका-६ थलाकाँडाका लोकेन्द्र धामीकी २० वर्षीया श्रीमती राधिका धामी थलाकाँडाको उबखोला भन्ने ठाउँमा मृत फेला परेकी छिन् ।
राधिका माघ २ गते दिउँसो घाँस काट्न जान्छु भनेर घरबाट निस्केकी थिइन् । घाँस काट्न निस्केकी उनी घर नआएपछि खोजी कार्य गर्दै जाँदा मृत भेट्टिएकी हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij