Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कुष्ठरोग निवारण अभियानमा चुनौती

कुष्ठरोग निवारण अभियानमा चुनौती

  • 286
    SHARES
  • कुष्ठरोग निवारण अभियानमा चुनौती

    बाँके । बाँकेमा कुष्ठरोगका नयाँ बिरामी फेला पर्नथालेपछि कुष्ठरोग निवारण अभियानमा चुनौती देखिएको छ । एक वर्षको अवधीमा एक सय ५७ जना नयाँ कुष्ठरोगीको पहिचान भएको छ ।

    images

    आर्थिक वर्ष २०७८/७९ मा एक सय ५७ जना कुष्ठरोगीको पहिचान भएको जानकी गाउँपालिकास्थित साइनिङ अस्पतालका प्रमुख मंगल थारुले बताए । उनका अनुसार, पहिचान भएकामध्ये ६१ जना बाँकेका छन् ।

    अन्य बिरामी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन् । नयाँ कुष्ठरोगीमा बालबालिका पनि रहेका उनले जानकारी दिए । बाँके र बर्दियाका दुई/दुईजना र कैलालीका एक जना बालकमा कुष्ठरोग देखिएको छ ।

    आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालले अस्पतालमा आएका बिरामीका साथै ठाउँ/ठाउँमा शिविर सञ्चालन गरेर कुष्ठरोगीको खोजतलास गर्ने गरेको अस्पतालका प्रमुख थारुको भनाइ छ ।

    गत आर्थिक वर्षमा बर्दिया र बाँकेका तीन ठाउँमा राखिएको शिविरमा पाँच हजार पाँच सय ८६ जनाको स्क्रिनिङ गर्दा ३० जना नयाँ रोगी फेला परेका थिए । साथै आव २०७८/७९ मा १५ हजार पाँच सय ८२ जना बिरामीले ओपिडी सेवा लिएको अस्पतालले जनाएको छ ।

    नेपाल सरकारले २०३० सम्ममा कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिएपनि बाँकेमा कुष्ठरोगीका नयाँ बिरामी भेटिनुले लक्ष्य पूरा गर्न चुनौती देखिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताइन् ।

    ‘पाँच वर्षसम्म कुनैपनि बालबालिकामा कुष्ठरोग देखिएन भने निवारण भएको मानिन्छ । तर यसक्षेत्रमा कुष्ठरोग पहिचान भएकामध्ये ३ प्रतिशत बालबालिकामा कुष्ठरोग देखिएको छ, यसले अझै पनि कुष्ठरोग निर्मूल नभएको पुष्टि गर्छ,’ उनले भनिन् ।

    कुष्ठरोग निवारणको लागि स्थानीय सरकारले पनि चासो दिनुपर्ने पौडेललको भनाइ छ । पछिल्लो समय बालबालिकामा पनि संक्रमण देखिएकाले निवारण चुनौतीपूर्ण रहेको भेरी अस्पताल नेपालगञ्जका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.कृष्णप्रसाद आचार्यले बताए ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology