काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आफ्ना मागको विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको ध्यानाकर्षण गराएका छन् ।
आइतबार परिषद्का अध्यक्ष गंगाराम तिवारीसहितको टोलीले अर्थमन्त्री पौडललाई निवासमै भेटेर मन्त्रालयको बजेट महाशाखामा रहेको विद्यालय कर्मचारीसम्बन्धी माग रहेको फाइललाई अघि बढाउन ध्यानाकर्षण गराएका हुन् ।
उक्त फाइल गत भदौ २६ गते मन्त्रालयको बजेट महाशाखामा पठाइएको थियो । त्यसको थप प्रक्रिया अघि बढाउन विद्यालय कर्मचारीहरूले अर्थमन्त्रीलाई अनुरोध गरेका हुन् ।
‘देशभरका विद्यालय कर्मचारीहरूलाई अनुरोध’
सामुदायिक विद्यालयका कर्मचारीले न्युनतम पारिश्रमिक पनि पाउन नसकेको भन्दै सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology