वेबटिभी खबर
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको सिसुवार क्षेत्रमा एक गैँडाको बच्चा मृत फेला परेको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली क्षेत्रको नारायणी नदीको किनारमा एक महिनाको गैँडाको बच्चा शनिबार मृत फेला परेको हो ।
गैँडाको बच्चा प्राकृतिक कारणले मरेको उनले बताए । बच्चा गैँडा के कारणले मरेको हो भनेर पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने तिवारीको भनाइ छ । सांकेतिक तस्बिर
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij