Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

  • 259
    SHARES
  • जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका-२ काफलगौरमा आज दिउँसो भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जीप दुर्घटना हुँदा सातजना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    प्रहरी निरीक्षक राजन ढकालले मंगला-१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

    उनका अनुसार घाइते मंगला-२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

    मंगला-१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मंगला-२ की २२ वर्षीया विपना कार्की, मंगला-१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मंगला-२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

    ओरालो सडकमा जीप पल्टिएर दुर्घटना भएको थियो । जीप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij