Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सुपर मादी हाइड्रोपावरको आईपीओ निष्कासन

सुपर मादी हाइड्रोपावरको आईपीओ निष्कासन

  • 297
    SHARES
  • सुपर मादी हाइड्रोपावरको आईपीओ निष्कासन

    काठमाडौं । सर्वसाधारणका लागि सुपर मादी हाइड्रोपावरले माघ ९ गते सोमबारदेखि आईपीओ बिक्री खुला गरेको छ ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आइपीओ निष्कासन गरेको हो ।

    कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् २१ करोड रूपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न छुट्याएको थियो । सो मध्ये कम्पनीले २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि बाडफाडर गरेको छ ।

    कम्पनीले १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूको लागी र ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिसकेको छ भने यसैगरी बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लगानीकर्ताहरूले आवेदन दिनसक्नेछ ।

    यस कम्पनीले न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउनेछन् भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन गरेको कम्पनीमा आईपीओ निष्कासन गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी आइआर डबल बी रेटिङ प्रदान गरको छ ।

    यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत पनि गर्दछ । यस कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

    आईपीओमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा माघ २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

    उक्त आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृित प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सी-आस्बा प्रणालीबाट आवेदन दिन सकिन्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij