Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

एडभान्स बुकिङमा बाहुबली–२ अगाडि

एडभान्स बुकिङमा बाहुबली–२ अगाडि

  • 364
    SHARES
  • एडभान्स बुकिङमा बाहुबली–२ अगाडि

    मुम्बई । अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ हालका दिनमा चर्चाको विषय बनेको छ । यो फिल्म रिलिज अघि नै भारतमा करिब ३ लाख टिकट एडभान्स बुकिङ भइसकेको छ ।

    images

    शाहरुखले अभिनय गरेका फिल्ममध्ये यो फिल्मको सर्वाधिक एडभान्स टिकट बुकिङ भएको हो । तर यसअघिका फिल्मको बुकिङ तथ्यांकलाई हेर्ने हो भने ‘बाहुबली’ पहिलो नम्बरमा छ ।

    बाहुबली–२

    प्रभास अभिनित फिल्म ‘बाहुबली २’ एडभान्स बुकिङमा पहिलो नम्बरमा छ । यो फिल्मको एडभान्स बुकिङमा ६ दशमलब ५० लाख टिकट बिक्री भएको थियो ।

    केजीएफ–२

    साउथका सुपरस्टार यशको फिल्म ‘केजीएफ(२’ सूचीमा दोस्रो नम्बरमा छ । यो फिल्मको रिलिजअघि करिब ५ दशमलब ११ लाख टिकट बिक्री भएको थियो ।

    वार

    ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ले रिलिजअघि नै एडभान्स बुकिङमा आफूलाई अब्बल साबित गरेको थियो । फिल्मको रिलिजअघि करिब ४ दशमलब ५ लाख टिकट बिक्री भएको थियो ।

    प्रेम रतन धन पायो

    सलमान खान र सोनम कपूरको फिल्म ‘प्रेम रतन धन पायो’ को एडभान्स बुकिङमा ३ दशमलब ४० लाख टिकट बिक्री भएको थियो ।

    ठग्स अफ हिन्दोस्तान

    बक्सअफिसमा फ्लप भएको आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ले एडभान्स बुकिङमा तहल्का मच्चाएको थियो । यो फिल्म रिलिजअघि नै करिब ३ दशमलब ३० लाख टिकट बिक्री भएको थियो ।

    भारत

    सलमान खानको फिल्म ‘भारत’को एडभान्स बुकिङमार्फत ३ दशमलब १६ लाख टिकट बिक्री भएको थियो ।

    सुल्तान

    सलमान खानकै अर्को फिल्म ‘सुल्तान’को रिलिज हुनुअघि ३ दशलमब १० लाख टिकट बिक्री भएको थियो ।

    ब्रह्मास्त्र र दंगल

    अभिनेता रणवीर कपूरको फिल्म ‘ब्रह्मास्त्र’ र आमिर खानको फिल्म ‘दंगल’को रिलिजअघि ३ दशमलब ५ लाख टिकट बिक्री भएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology