Logo

२०७९, माघ १३ गते शुक्रवार

२०७९, माघ १३ गते शुक्रवार

images
images

मकवानपुर गोल्डकप माघ २९ गतेदेखि 

मकवानपुर गोल्डकप माघ २९ गतेदेखि 

  • 67
    SHARES
  • मकवानपुर गोल्डकप माघ २९ गतेदेखि 

    काठमाडौं । माघ २९ गतेदेखि पाँचौ स्थानीय तह सहिदस्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता मकवानपुर गोल्डकप सुरु हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघ हेटौंडाको आयोजनामा प्रतियोगिता हुने भएको हो ।

    प्रतियोगितामा दुई वटा विदेशी क्लबसहित १२ क्लबको सहभागिता रहने आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।

    प्रतियोगिता पिप्ले क्याम्पा रङ्गशाला हेटौंडामा हुनेछ । फुटबल प्रतियोगितामा प्रथम हुनेलाई १५ लाख रुपैंया र द्वितीय हुनेलाई १० लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले जानकारी दिए ।

    यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीलाई २५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

    प्रतियोगितामा मनाङ्ग मर्स्याङदी, थ्री स्टार, त्रिभुवन आर्मी, हिमालयन शेर्पा, सातदोबाटो युवा, नेपाल पुलिस, एपीएफ, एनआरटी, मच्छिन्द्र, जावलाखेल युथ, एभिनिर एफसी क्यामरुन,आयोजक मकवानपुरले सहभागिता जनाउने सम्भावना रहेको आयोजकले जनाएको छ ।

    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology