Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अमेरिकाको एउटा विद्यालयमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु 

अमेरिकाको एउटा विद्यालयमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु 

  • 277
    SHARES
  • अमेरिकाको एउटा विद्यालयमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु 

    वासिङटन । अमेरिकाको एक विद्यालयमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु भएको छ ।

    images

    अयोवाको डेस मोइनेस स्कुलमा गोली चल्दा दुई छात्रको मृत्यु र एक शिक्षक घाइते भएको स्थानीय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । 

    स्कुलमा कार्यक्रम भइरहेको समयमा गोली चलेको थियो । गोली चलेको केही बेरमै प्रहरीले एउटा कारबाट तीन जना संकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । एक जना संकास्पद व्यक्ति भने भाग्न सफल भएका छन् । 

    अमेरिकामा दुई दिनको अवधिमा गोली चलेर मानिसको मृत्यु भएको यो दोस्रो घटना हो । यसअघि क्यालिफोर्निया राज्यमा चिनियाँ नयाँ वर्ष मनाइरहेको ठाउँमा गोली चल्दा १० जनाको मृत्यु र १० जना घाइते भएका थिए । 

    अमेरिकामा गोली चल्याे, १० जनाको मृत्यु, २२ जना घाइते अमेरिकामा गोली चल्याे, १० जनाको मृत्यु, २२ जना घाइते

  • सम्बन्धित विषय:

  • # गोली चल्यो

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology