Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

उचित जोडी भेटे विवाह गर्न तयार छन् राहुल गान्धी 

उचित जोडी भेटे विवाह गर्न तयार छन् राहुल गान्धी 

  • 629
    SHARES
  • उचित जोडी भेटे विवाह गर्न तयार छन् राहुल गान्धी 

    नयाँ दिल्ली । भारतीय कांग्रेसका नेता राहुल गान्धीले उपयुक्त जोडी पाए आफू विवाह गर्न तयार रहेको बताएका छन् । पाँच दशक उमेर पुगे पनि उनले अहिलेसम्म विवाह गरेका छैनन् ।

    भारत जोडो यात्रमा रहेका गान्धीले राजस्थानमा पुगेर दिएको एक अन्तर्वार्तामा व्यक्तिगत जीवनबारे खुलेर कुराकानी गरेका छन् । विवाह कहिले गर्ने ? भन्ने प्रश्नमा गान्धीले इन्टलिजेन्ट र उपयुक्त महिला भेटे विवाह गर्ने बताएका छन् ।

    उनले आफू खानामा खासै चुजी नभएको बताए । यात्राका बेलामा त जे पाइन्छ खाने गरेको उनले बताएका छन् । पिरो भने खासै खान नसक्ने उनले उल्लेख गरे ।

    उनले सानैदेखि खाने बेलामा राजनीतिको कुरा भइरहेको उल्लेख गर्दै त्यसैबाट आफूमा अहिले राजनीतिप्रति लगाव आएको बताएका छन् ।

    अर्को प्रश्नमा उनले आफू प्रधानमन्त्री भए शिक्षा प्रणालीलाई व्यापक सुधार गर्ने बताएका छन् । त्यसैगरी साना व्यापारीलाई मद्दतको योजना बनाएर ठूलो व्यापारतर्फ उन्मुख गर्ने बताएका छन् ।

    किसान, मजदुर र बेरोजगार युवालाई आर्थिक रूपमा सुरक्षित बनाउन प्रयत्न गर्ने उनले उल्लेख गरेका छन् ।

    भारत जोडो यात्रा सुरु गर्नुको कारण उल्लेख गर्दै उनले भनेका छन्,‘भारतीय संस्कृतीमा तपस्याको जरुरी छ, भारत जोडो यात्राको पछाडिको एउटा कारण यो पनि हो ।’ कुनै पनि काममा आउन सक्ने कठिनाई एउटा तपस्याजस्तै हुने उनले उल्लेख गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij