Logo

२०७९, माघ १३ गते शुक्रवार

२०७९, माघ १३ गते शुक्रवार

images
images

नवलपरासीमा डेढ करोड बढीको तरुल बिक्री

नवलपरासीमा डेढ करोड बढीको तरुल बिक्री

  • 69
    SHARES
  • नवलपरासीमा डेढ करोड बढीको तरुल बिक्री

    नवलपरसी । नवलपरसी (बर्दघाट सुस्तापूर्व) बाट यस वर्षको माघे संक्रान्तिमा तरुल जिल्ला बाहिर बढी बिक्री भएको जनाइएको छ।

    यस वर्ष जिल्लाबाट एक सय टन तरुल बिक्रीबाट डेढ करोड बढी आम्दानी भएको व्यवसायीले बताएका छन् । जिल्लाको हुप्सेकोट, बुलिङटार र बौदिकाली गाउँपालिकामा तरुल राम्रो उत्पादन हुने गर्दछ ।

    त्यहाँ उत्पादित वन तरुल प्रतिकेजी सय, पञ्जे तरुल ८० र मुढे तरुल ५० का दरले पोखरा र काठमाडौं निर्यात गरेर डेढ करोड आम्दानी भएको थोक बिक्रेता लालबहादुर सारुले बताए । पुसको अन्तिम साताबाट तरुलको व्यापार भएको छ ।

    ‘पहिला तरुलको माग यति धेरै थिएन, बजारीकरणको समस्याले तरुलको व्यापार नभए पनि विगत तीन वर्षदेखि मकरसंक्रान्तिका अवसरमा बजारमा तरुलको माग बढेको छ’, सारुले भने, ‘जिल्लामा व्यावसायिक रूपमा तरुलको खेती अझै हुनसकेको छैन । कन्दमूलअन्तर्गत पर्ने तरुलका लागि अझै पनि वनकै भर पर्नुपर्ने बाध्यता छ तर माघे संक्रान्तिमा तरुल खानैपर्ने हिन्दू परम्पराअनुसार यसको व्यापार पनि निकै फस्टाएको हो ।’

    जमिनमुनि फल्ने फल रहेकाले तरुलमा कुनै विषादी हुँदैन । जिल्लाको पहाडी क्षेत्रका जंगल र खेतबारीमा उत्पादित तरुल तथा सक्खरखण्डको माग प्रशस्त छ । कावासोतीसहित दलदले क्षेत्रमा तरुल पहाडी क्षेत्रबाट किसानले ल्याउने गरेको व्यवसायी कृष्णबहादुर सारुले बताए ।

    ‘नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाडौंमा खपत हुने गरेको छ’, सारुले भने, ‘जिल्लाको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल दैनिकरूपमा पोखरा र काठमाडौं पठाउने क्रम हिजो आज पनि जारी छ ।’

    images
  • सम्बन्धित विषय:

  • # तरुल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology