Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

संसदलाई जनताको समस्या समाधान गर्ने थलो बनाउनुपर्छ : नेता पाण्डे

संसदलाई जनताको समस्या समाधान गर्ने थलो बनाउनुपर्छ : नेता पाण्डे

  • 343
    SHARES
  • संसदलाई जनताको समस्या समाधान गर्ने थलो बनाउनुपर्छ : नेता पाण्डे

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले जनप्रतिनिधिमूलक संस्था संसदलाई जनताको समस्या समाधान गर्ने थलोकारूपमा विकास गर्नुपर्ने बताएका छन् ।

    images

    प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिनुहुँदै उनले भने, ‘सदनको नेतृत्वले निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरेर संसद्लाई रसपूर्ण बनाउनुपर्छ, त्यसतर्फ सभामुखको ध्यान जानुपर्छ ।’

    बैठकमा बोल्दै जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले सभामुखले जनताको आवाज मुखरित गर्ने संसद्मा दलहरूलाई विभेद गर्ने गरिएको पाइएको जनाउँदै दलहरूलाई उपयुक्त अवसर उपलब्ध गराउन माग गरे ।

    लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका रामप्रकाश चौधरी, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले सभामुख उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै संसद्लाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

    प्रतिनिधिसभाको अर्को बैठक यही माघ १८ गते बुधबार अपराह्न १ बजे बस्नेछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology