Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कतार र चीनमा साताको एक उडान गर्ने सरकारको तयारी

कतार र चीनमा साताको एक उडान गर्ने सरकारको तयारी

  • 579
    SHARES
  • कतार र चीनमा साताको एक उडान गर्ने सरकारको तयारी

    काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको रोक तत्काल नहटाउने भएको छ । 

    नेपालमा संक्रमणदर नघटेको र भाइरसको नयाँ प्रजाति फैलिएको तथ्यलाई दृष्टिगत गरी सरकारले तत्काल अन्तर्राष्ट्रिय उडान नखोल्ने भएको हो ।

    कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागि अपनाउने उपायहरु प्रभावकारी देखिएपछि मात्र अन्तर्राष्ट्रिय उडान खुला गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बताए ।

    ‘परिस्थिति सहज देखिए सातामा उडान थप गर्दै अन्तर्राष्ट्रिय उडान खोल्ने योजनामा हामी छौं,’ मन्त्री ढकालले भने, ‘त्यो परिस्थिती आए नियमित फ्लाइटलाई व्यवस्थित गर्दै सञ्चालन गरिने छ ।’

    सरकारले अहिले जेठ १७ गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । आन्तरिक उडानमा लगाइएको रोक चाहिँ अर्को सूचना जारी नभएसम्म कायमै रहने मन्त्रालयले सूचित गराएको छ । हाल चार्टर्ड, उद्धार, कार्गो र कूटनीतिक उडानलाई निरन्तरता दिइने पनि मन्त्रालयले जानकारी दिएको छ । 

    यसैबीच, सरकारले उत्तर छिमेकी चीन र मध्यमपूर्वको प्रमुख गन्तव्य कतारसँग सातामा एक उडान नियमित हुने गरि संचालन गर्न प्रक्रिया सुरु हुने बताएको छ । 

    एयर बबल सुविधाअन्तर्गत हाल भारतसँग सातामा दुई उडान जारी रहेको छ । अत्यावश्यक कामले नेपालमा रहेका विदेशीलाई सम्बन्धित देशका दूतावासको समन्वयमा चार्टर्ड उडानमार्फत फिर्ती गराउने काम भइरहेको मन्त्री ढकालले बताए ।

    नेपालमा कोरोना संक्रमण फैलावटको दर, दैनिक संक्रमित हुनेको संख्या सबैलाई अध्ययन गरेर उडानलाई व्यवस्थित गरिने पनि मन्त्री उनले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij