Logo

२०८०, मंसिर २४ गते आइतवार

२०८०, मंसिर २४ गते आइतवार

images

आफ्नो बहिर्गमनलाई नकारात्मक नमान्न न्युजिल्याण्डकी प्रधानमन्त्रीको अनुरोध

आफ्नो बहिर्गमनलाई नकारात्मक नमान्न न्युजिल्याण्डकी प्रधानमन्त्रीको अनुरोध

  • 164
    SHARES
  • आफ्नो बहिर्गमनलाई नकारात्मक नमान्न न्युजिल्याण्डकी प्रधानमन्त्रीको अनुरोध

    न्युजिल्याण्ड । न्युजिल्याण्डका प्रधानमन्त्री जसिन्डा आर्डर्नले आफ्नो बहिर्गमनलाई नकारात्मक नमान्न अनुरोध गरेकी छिन् । प्रधानमन्त्रीका रूपमा देशवासीलाई अन्तिम सम्बोधन गर्दै उनले न्युजिल्याण्डका जनतालाई आफूले कहिल्यै नबिर्सने बताइन् ।

    images

    जनताका कामले नै आफू आनन्दित भएको उल्लेख गर्दै उनले उनीहरू आफ्नो स्मृतिमा सधैँ रहिरहने बताइन् । वामपन्थी राजनीतिमा विश्वव्यापी प्रतीक बनेकी उनले आफ्ना उत्तराधिकारी क्रिस हिप्किन्सको उपस्थितिमा गरेको बिदाई सम्बोधनमा आफ्ना भावनालाई दबाउन सकिनन् ।

    गत आइतबार लेबर पार्टीका नेता क्रिसलाई उक्त दलका सांसदले प्रधानमन्त्रीमा सर्वसम्मतले चयन गरेका हुन् । बुधबार उनले शपथ लिने कार्यक्रम छ ।

    निवर्तमान प्रधानमन्त्री आर्डनले आफू कतै नगएको र अझै पनि माउन्ट अल्बर्टको संसद् सदस्य हुने र राजनीतिको केन्द्रबाट टाढा नरहने बताइन् ।

    ४२ वर्षकी आर्डर्नले कोभिड–१९ को महामारी र त्यसपछिको मन्दी, क्राइस्टचर्च मस्जिदमा आतङ्वादी आक्रमण र ह्वाइट आइल्याण्ड ज्वालामुखी विष्फोटको कठिन समयमा देशको नेतृत्व गरिन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology