Logo

२०७९, माघ १३ गते शुक्रवार

२०७९, माघ १३ गते शुक्रवार

images
images

कुवेतको संसदमा विवाद

कुवेतको संसदमा विवाद

  • 53
    SHARES
  • कुवेतको संसदमा विवाद

    कुवेत । कुवेतको मन्त्रिपरिषद्ले विपक्षी नेतृत्वसँग संसद्मा विवाद भएपछि राजीनामा दिएको छ ।

    प्रधानमन्त्री शेख अहमद नवाफ अलअहमद अलसबाहले युवराज शेख मेसल अलअहमद अलजाबेर अलसबाहसमक्ष राजीनामा पेश गरेको सरकारी समाचार समिति कुनाले जनाएको छ ।

    कार्यपालिका र व्यवस्थापिकाबीचको गतिरोधका कारण मन्त्रिपरिषद्ले राजीनामा दिएको कुनाले मन्त्रिपरिषद्को विज्ञप्ति उद्धृत गर्दै  जनाएको छ ।

    यद्यपि विवादबारे विस्तृत विवरण दिइएको छैन । गत अक्टोबरमा सपथ लिएको निवर्तमान मन्त्रिपरिषद् बितेका तीन वर्षमा छैटौँ हो ।

    एक दशकपछि गत सेप्टेम्बरमा कुवेतमा निर्वाचन भएको थियो । निर्वाचनपछि विपक्षीको नेतृत्वमा संसद् गठन भएको थियो ।

    images
  • सम्बन्धित विषय:

  • # कुवेत

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology