Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

अमेरिकामा भएको गोलीकाण्डबाट राष्ट्रसंघका महासचिव स्तब्ध

अमेरिकामा भएको गोलीकाण्डबाट राष्ट्रसंघका महासचिव स्तब्ध

  • 218
    SHARES
  • अमेरिकामा भएको गोलीकाण्डबाट राष्ट्रसंघका महासचिव स्तब्ध

    संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले गत शनिबार राति अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली शहरमा भएको गोलीकाण्डमा परी भएको मृत्युले आफूले स्तब्ध भएको बताएका छन् । 

    images

    सो गोलीकाण्डमा परेर कम्तीमा पनि १० जनाको मृत्यु भएको थियो भने अरु १० जना घाइते भएका थिए । सो गोलीकाण्डमा परी घाइते भएका थप एकजनाको सोमबार निधन भएपछि सो काण्डमा परेर ज्यान जानेको संख्या ११ पुगेको समाचारमा जनाइएको छ ।

    अमेरिका शहर क्यालिफोर्नियाको उक्त शहरमा स्थानीय समुदायले ‘लुनार नयाँ बर्ष’ मनाइरहेका बेला मोन्टेरे पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ । शनिबार राति सो स्थानमा नाचगान भइरहेका बेला १० बजेर २० मिनेट जाँदा सो गोलीकाण्ड भएको थियो ।

    तत्कालै सो स्थानमा प्रहरी अधिकारीहरू पुगेका र त्यस स्थानमा प्रवेश गर्दा केही मृतक र घाइतेहरू घटनास्थलमा छरिएर रहेका थिए । 
    महासचिव गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार महासचिव गुटरेसले सो दुर्घटनामा परेर ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् र उनीहरुका परिवारलाई समवेदना व्यक्त गरेका छन् ।

    महासचिव गुटरेसले यस्ता घटना दाहोरिन नदिन सबै सचेत हुनुपर्ने भन्दै यस्ता हत्यामा संलग्नहरुलाई कानुनी कारबाहीका दायरामा ल्याउनुपर्ने पनि बताएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology