Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

कर्णालीमा मन्त्रालयको टुंगो लाग्यो, यस्तो छ भागबन्डा

कर्णालीमा मन्त्रालयको टुंगो लाग्यो, यस्तो छ भागबन्डा

  • 230
    SHARES
  • कर्णालीमा मन्त्रालयको टुंगो लाग्यो, यस्तो छ भागबन्डा

    सुर्खेत । सत्तारुढ दलको आज बसेको बैठकले भागबन्डा टुंगो लगाएको छ । कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागबन्डाको विषयमा सहमति भएको माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

    images

    नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिएको छ ।

    एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको हो ।

    यी मन्त्रालयमा जाने मन्त्रीको सपथ भोलि हुने मल्लले जानकारी दिए । मन्त्रालयको संख्या घटाएसँगै कर्णालीमा भोलि मन्त्रीमण्डलले पूर्णता पाएको हो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology