Logo

२०७९, माघ १३ गते शुक्रवार

२०७९, माघ १३ गते शुक्रवार

images
images

गृहमन्त्री लामिछानेकाे नागरिकतासम्बन्धि  मुद्दामा आजदेखि अन्तिम सुनुवाइ थालिने

गृहमन्त्री लामिछानेकाे नागरिकतासम्बन्धि  मुद्दामा आजदेखि अन्तिम सुनुवाइ थालिने

  • 45
    SHARES
  • गृहमन्त्री लामिछानेकाे नागरिकतासम्बन्धि  मुद्दामा आजदेखि अन्तिम सुनुवाइ थालिने

    काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले गृहमन्त्री लामिछानेकाे मुद्दामा आजदेखि अन्तिम सुनुवाइ गर्ने भएको हाे।

    उनको नागरिकता र राहदानीबारेको मुद्दा सर्वोच्चको संवैधानिक इजलासले हेरिरहेको छ।

    पुस ६ मा बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता र पासपोर्ट विवादबारेको मुद्दामा अन्तरिम आदेश नदिएपछि शपथ लिने बाटो खुलेको थियो।

    लामिछानेविरूद्ध प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन गत मंसिर २८ गते रिट दायर भएको थियो।

    लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुन: पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ। 

    साथै अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ। 

    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology