Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

धावनमार्गमा हिउँ जमेपछि जुम्लामा हवाई सेवा बन्द

धावनमार्गमा हिउँ जमेपछि जुम्लामा हवाई सेवा बन्द

  • 444
    SHARES
  • धावनमार्गमा हिउँ  जमेपछि जुम्लामा हवाई सेवा बन्द

    जुम्ला । जुम्लामा हिमपातका कारण हवाई सेवा बन्द भएको छ । मङ्गलवारदेखि लगातार हिमपात हुँदा धावनमार्गमा हिउँ जमेपछि जहाज बस्न सकिरहेका छैनन् ।

    नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठका अनुसार मङ्गलवार र बुधवार निरन्तर हिउँ जमेकाले हवाई सेवा ठप्प भएको हो । उनका अनुसार आज भने मौसम राम्रो भए पनि धावन मार्गमा हिउँ जमेकाले जहाज अवतरण हुन सकिरहेको छैन।

    धावन मार्गमा जमेको  हिउँ बिहानै देखी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले पन्छाउन थालेका छन् । नेपाली सेना २४ नम्बर बाहिनीका वाहिनीपति सोवेन्द्रसिंह महत, नन्दावक्स गणका गणपति रविन थापा बिहानै देखी जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij