Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बजेट छलफलका लागि शंकर पोखरेलले राखेको बैठकमा विपक्षी दलका सांसदहरु पनि उपस्थित 

बजेट छलफलका लागि शंकर पोखरेलले राखेको बैठकमा विपक्षी दलका सांसदहरु पनि उपस्थित 

  • 535
    SHARES
  • बजेट छलफलका लागि शंकर पोखरेलले राखेको बैठकमा विपक्षी दलका सांसदहरु पनि उपस्थित 

    काठमाडौं । आगामी बजेटका सन्दर्भमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राखेको सर्वदलीय बैठकमा विपक्षी दलका सांसदहरु पनि सहभागी भएका छन् । वैशाख १९ मा बहुमतको दाबीसहित मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलको पुनः नियुक्तिलाई लिएर विपक्षीहरुले आपत्ति जनाउँदै आएका थिए । 

    मुख्यमन्त्री पोखरेलले आसन्न बजेटमा समेट्नुपर्ने विषय, कोरोना नियन्त्रण र उपचारमा प्रदेश सरकारले ल्याउनुपर्ने योजनाबारे छलफल गर्न सर्वदलीय बैठक राखेका हुन् । बैठकमा मुख्यमन्त्री पोखरेलले अक्सिजनको सहज आपूर्ति व्यवस्था मिलाइएको, कोरोना संक्रमण सुरु भएसँगै एक वर्षदेखि प्रदेशमा ६ सय जनशक्ति थप गरी निरन्तर खटाइएको उल्लेख गरे । 

    व्यवस्थित जनशक्ति परिचालनमा लुम्बिनी प्रदेशले सबै प्रदेशलाई उछिनेको उनको दाबी छ । तीन वर्षसम्म प्रदेशसभा सहमति र सहकार्यको आधारमा सञ्चालन भएर नमूना बनेको बताउँदै मुख्यमन्त्री पोखरेलले आगामी दिनमा पनि सहमति र सहकार्यको यात्रालाई निरन्तर हुने आफूले अपेक्षा गरेको बताए ।

    बैठकमा सहभागी दलका नेताहरुले अब गर्नुपर्ने कामबारे पनि सुझाव दिएका थिए । नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दीन खानले गतवर्षको बजेटमा आफूहरूसँग गरेका सहमति विपरीत बजेट ल्याएको स्मरण गराउँदै अहिले त्यसो नगर्न बैठकमार्फत सुझाव दिएको जानकारी दिए । 

    बैठकमा सत्तारुढ नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष एंव पूर्वमन्त्री लिला गिरी, एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडिया, प्रमुख सचेतक फखरुद्दीन खान, माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती, प्रदेश सरकारका मन्त्रीहरु आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी, आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय र उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेको सहभागिता रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

    बैठकमा प्रदेशसभाको व्यवस्थित र परिणाममुखी सञ्चालनबारे समेत छलफल भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij