संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पेरुको वर्तमान संकटलाई सम्बोधन गर्न अर्थपूर्ण र समावेशी वार्ताका लागि आह्वान गरेका छन् ।
पेरुमा प्रदर्शन जारी रहँदा, महासचिवले हिंसाको थप वृद्धिबाट बच्न संयमता अपनाउन आग्रह गरे र अधिकारीहरूलाई अन्तर्राष्ट्रिय मानवअधिकार कानूनको पालना गर्न आफ्नो आह्वान दोहोर्याएको गुटेरेसका प्रवक्ता स्टेफान डुजारिकले बुधबार एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
जीवन र सम्पत्तिको सम्मान गर्दै विद्रोहहरू शान्तिपूर्ण रूपमा हुनुपर्ने गुटेर्रेसले बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology