Logo

२०७९, चैत्र १९ गते आइतवार

२०७९, चैत्र १९ गते आइतवार

images

अफ्रिकी देशहरूमा खाद्य सुरक्षाका लागि दश अर्ब अमेरिकी डलर सहयोग

अफ्रिकी देशहरूमा खाद्य सुरक्षाका लागि दश अर्ब अमेरिकी डलर सहयोग

  • 107
    SHARES
  • अफ्रिकी देशहरूमा खाद्य सुरक्षाका लागि दश अर्ब अमेरिकी डलर सहयोग

    डाकार । अफ्रिकी विकास बैंकले अफ्रिकी देशहरूमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको रकमबाट अफ्रिकाका देशहरूमा खाद्य सुरक्षाका लागि आवश्यक कार्यक्रम तथा आयोजनाहरू सञ्चालन गरिने बताइएको छ । अफ्रिकी विकास बैंकका अध्यक्ष अकिनुवी अकेसिनाले बुधबार सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ ।

    images

    अफ्रिकी देशहरूमा कृषिको विकास तथा यस सम्बन्धी आयोजनाहरूको सञ्चालनका साथै यसका माध्यमबाट त्यहाँ खाद्यान्नको सुरक्षा गर्ने विषयमा सो बैंकले अहिलेका लागि १० अर्ब अमेरिकी डलर बराबरको सहयोग दिन थालेको उनले जानकारी दिए ।

    डाकार खाद्य सुरक्षासम्बन्धी दोस्रो सम्मेलनका क्रममा बुधबार अध्यक्ष अदेसिनाले सो घोषणा गरेका हुन् । उनले भनेका थिए सो रकम ती देशहरूलाई उपलब्ध गराउने प्रत्यक्ष सहयोग हो र यसबाट खाद्यान्न खरिद गर्नुका साथै कृषिका आयोजनाहरू सञ्चालन गरेर खाद्यान्न उत्पादनका काममा प्रयोग गर्न सकिनेछ ।

    सो सम्मेलनलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘अफ्रिकी देशहरू अहिले पनि आफ्ना उत्पादनहरूको निर्यातको सट्टा खाद्यान्नको आयातमा निर्भर हुनु परिरहेको छ र यो ठूलो दुर्भाग्या पनि हो ।’

    अहिले पनि विश्वको खेतीयोग्य जमिनको ठूलो हिस्सा अफ्रिकी देशहरूमा पर्दछ तर यहाँका नागरिक भोकै सुत्नुपर्ने अवस्था छ भन्दै उनले सबै देशहरूलाई उत्पादनका क्षेत्रमा लाग्न आग्रह पनि गरेका थिए ।

    डाकारमा बुधबार सुरू भएको सो सम्मेलन यही शुक्रबारसम्म सञ्चालन हुनेछ । सो सम्मेलनमा अफ्रिकामा खाद्यान्नको सहयोग भन्दा पनि उत्पादनका लागि के कसरी तयारी गर्ने भन्ने बारेमा छलफल हुने भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology