Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

कर्मचारीलाई उमेरहद नलगाई दरखास्त भर्न आग्रह

कर्मचारीलाई उमेरहद नलगाई दरखास्त भर्न आग्रह

  • 1.3K
    SHARES
  • कर्मचारीलाई उमेरहद नलगाई दरखास्त भर्न आग्रह

    काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका दशजना कर्मचारीलाई उमेरहद नलगाई सात दिनभित्र फाराम भर्न भनेको छ ।

    images

    आयोगले बिहीबार एक सूचना जारी गर्दै विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई शाखा अधिकृत वा सो सरहको पदका लागि भएको विज्ञापनमा उमेरहद नलगाई सात दिनभित्र आयोगको अनलाइन दरखास्त प्रणालीबाट फाराम भर्न समयावधि दिएको हो ।

    आयोगबाट भएको १६६९२-१६७०५-२०७९-८० शाखा अधिकृतको विज्ञापनमा उमेर हदको विषयलाई लिएर परेको रिटमा सर्वोच्च अदालतले ३५ वर्षको उमेर पूरा भएको भन्नेसम्म कारणबाट उम्मेदवार हुन तथा परीक्षामा सामेल हुन दिनबाट नरोक्नु नरोकाउनु भन्ने आदेश भएको भन्दै आयोगले दरखास्त लिने भएको हो ।

  • सम्बन्धित विषय:

  • # कर्मचारी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology