Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

बारामा आलु उत्पादन वृद्धि

बारामा आलु उत्पादन वृद्धि

  • 265
    SHARES
  • बारामा आलु उत्पादन वृद्धि

    बारा । बारामा यस वर्ष कृषकले विभिन्न जातको आलु खेती गरी कुल एक लाख २१ हजार ६२ दशमलव पाँच मेट्रिक टन आलु उत्पादन गरेका छन् ।

    images

    आलु खेतीका लागि मौसम अनुकूल भएको तथा शीतलहरबाट बचाउन कृषकले समय/समयमा औषधी छरेका कारण गत वर्षको तुलनामा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत रामअसिस ठाकुरले बताए ।

    यस वर्ष आलु उत्पादनमा शुन्य दशमलव २५ प्रतिशतले वृद्धि भएको छ । कृषकले विभिन्न जातका आलु सात हजार चार सय ५० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर १६ दशमलव २५ मेट्रिक टनको दरले दुई अर्ब ४२ करोड १२ लाख ५० हजार मेट्रिक टन आलु उत्पादन भएको अधिकृत ठाकुरले जानकारी दिए ।

    कलैया बजारमा अहिले आलु प्रतिकिलो २० देखि २५ मा बिक्री वितरण भइरहेको छ । गत वर्ष कृषकले विभिन्न जातका आलु सात हजार चार सय २० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर १६ मेट्रिक टनका दरले दुई अर्ब ३७ करोड ४४ लाख बराबरको आलु उत्पादन गरेका थिए ।

    एक लाख १८ हजार सात सय २० मेट्रिक टन आलु उत्पादन भएको केन्द्रले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # आलु

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology