Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री

एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री

  • 209
    SHARES
  • एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री

    स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका-१० ले यस वर्ष सुन्तला बिक्री गरेर १४ करोड आम्दानी गरेको छ ।

    images

    व्यावसायिकरूपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैँले बिक्री गरेर १४ करोडसम्म आम्दानी गरेका हुन् । जिल्लामा धेरै क्षेत्रफलमा सुन्तला खेती गर्ने किसान १० नं वडामा रहेका सुन्तला सुपरजोन स्याङ्जाका पूर्वसचिवसमेत रहेका मुक्ति अधिकारीले जानकारी दिए ।

    ‘वडामा सुन्तला खेतीलाई व्यावसायिक बनाउने किसान धेरै हुनुहुन्छ, उहाँहरूले न्यूनतम ५० हजारदेखि अधिकतम ५० लाखसम्म आम्दानी गर्नुहुन्छ’, अधिकारीले भने । पाँच/सात लाखदेखि १५-२० लाख आम्दानी गर्ने किसानको संख्या धेरै छ ।

    किसानले बगैँचा नै ठेक्कामा दिने वा आफैँ टिपेर ठेकेदारलाई प्रतिकेजीका दरले बिक्री गर्दछन् । कोदो तथा मकै खेतीबाट जीविकोपार्जन गरिरहेका किसानले हाल व्यावसायिक रूपमा सुन्तला खेती गरेर बर्सेनि लाखौँ भित्र्याइरहेका छन् ।

    सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानहरूले नयाँ बोट थप्नेका छन् । अबका केही वर्षमा उत्पादनसँगै आम्दानीमा वृद्धि हुने उनको भनाइ छ ।

    गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन बढेपनि बजार मूल्य गत वर्षको जति पनि नहुँदा अपेक्षा अनुसारको आम्दानी लिन नसकिएको किसानहरू बताउँछन् । प्रतिकेजी ५५ बाट बिक्री सुरु भएको सुन्तला अहिले प्रतिकेजी ९० मा बिक्री भइरहेको छ ।

    अपेक्षाअनुसार बजार मूल्य नपाएपछि शीतभण्डार गरेर बिक्री थालिएको थियो । तर व्यवस्थापकीय कमजोरीका कारण शीतभण्डारमा सुन्तला कुहिएपछि किसानहरू थप मर्कामा परेका छन् । जिल्लामा यस वर्ष एक अर्ब २५ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुन्तला

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology