Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

गृहमन्त्री लामिछानेको मुद्दा सुनुवाइ, न्यायाधीश फैसलाको तयारीमा

गृहमन्त्री लामिछानेको मुद्दा सुनुवाइ, न्यायाधीश फैसलाको तयारीमा

  • 221
    SHARES
  • गृहमन्त्री लामिछानेको मुद्दा सुनुवाइ, न्यायाधीश फैसलाको तयारीमा

    काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न उठाएर दायर मुद्दामाथिको बहस सकिएको छ ।

    images

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा दुवैतर्फमा कानुन व्यवसायीले बहस सकेका छन् । बहस सकिएसँगै न्यायाधीशहरू फैसलाको तयारीमा जुटेका छन् ।

    नागरिकताको वैधतामा प्रश्न उठाउँदै लामिछानेको प्रतिनिधिसभा सदस्य खारेजीको माग गर्दै अधिवक्ता रविराज बसौला समेत र अधिवक्ता युवराज पौडेलले  छुट्टाछुट्टै रिट दायर गरेका हुन् ।

    अमेरिकाको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिई खारेज भएकै नागरिकताबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले उनको सांसद पद खारेजीसहितको माग गर्दै उनीहरूले गत २८ मंसिरमा लामिछानेविरूद्ध रिट दर्ता गरेका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology