Logo

२०७९, चैत्र १९ गते आइतवार

२०७९, चैत्र १९ गते आइतवार

images

इराक र फ्रान्सबीच सहकार्यको सहमति

इराक र फ्रान्सबीच सहकार्यको सहमति

  • 92
    SHARES
  • इराक र फ्रान्सबीच सहकार्यको सहमति

    फ्रान्स । इराक र फ्रान्सबीच विविध क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्ने सम्बन्धी रणनीतिक साझेदारीको सम्झौता भएको छ ।

    images

    सम्झौताअनुसार दुवै देशले ऊर्जा र सुरक्षा मामिलामा सहयोग आदानप्रदान गर्नेछन् ।

    इराकी प्रधानमन्त्री बिहीबार भएको फ्रान्सको भ्रमणका बेला उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

    प्रधामन्त्री मोहम्मद शिया अल सुडानीले आफ्ना फ्रान्सेली समकक्षी एलिसावेथ बोर्न र राष्ट्रपति इम्यानुएल म्यात्रोँसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । 

    फ्रान्सेली नेतृत्वसँगको भेटवार्तामा इराक–फ्रान्स सम्बन्धका साथै क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय चासोका साझा विषयमा विचारविमर्श भएको इराकी अधिकारीहरूले बताएका छन् ।

    दुवै देशले आतंकवाद र अतिवादविरुद्ध संयुक्तरूपमा  काम गर्ने, सांस्कृतिक आदानप्रदान, संकट व्यवस्थापन, आर्थिक एवम् संगठित अपराधविरुद्ध एक हुने, वातावरण तथा मानवअधिकार संरक्षण पारस्परिक सहमति भएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology