वेबटिभी खबर
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको भेरी अस्पतालमा भएको घटनामा दोषीमाथि कारबाही हुने बताएका छन् । उनले घटनाको निष्पक्ष छानविन गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ । निष्पक्ष छानविनगरी दोषीमाथि कारबाही हुनेछ,’ सत्तारुढ नेकपा एमालेका स्थायी समिति सदस्यसमेत रहेका पोखरेलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
कोरोना संक्रमितको उपचारका क्रममा ज्यान गएपछि भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पनि सो घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij