काठमाडौं । रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।
सर्वोच्च अदालतको फैसलापछि बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् ।
सर्वोच्चले शुक्रबार लामिछानेको सांसद पद नरहने फैसला गरेको छ । सर्वोच्चको फैसलासँगै उनको सांसद पद, उपप्रधान तथा गृहमन्त्री पदसमेत खारेज भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology