Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

स्थानीय सरकारको प्रत्याभूति दिन वडाबाटै सेवा

स्थानीय सरकारको प्रत्याभूति दिन वडाबाटै सेवा

  • 254
    SHARES
  • स्थानीय सरकारको प्रत्याभूति दिन वडाबाटै सेवा

    पाल्पा । स्थानीय सरकारको प्रत्याभूति दिन पाल्पाको निस्दी गाउँपालिकाले वडा तहबाटै सेवा सुरु गरेको छ । पालिकाको सातवटै वडामा अहिले एकीकृत घुम्ती सेवा सञ्चालन गरी गाउँपालिकाबाट प्रदान हुने सेवा प्रवाह भइरहेको हो ।

    पालिकाले वडा वडामा पुगेर सबै प्रकारका सेवा दिने गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । कार्यालयको सेवासँगै नागरिकका गुनासा र सुझाव सम्बोधन गर्दै सहजरुपमा सेवा दिइरहेको छ ।

    शिविरबाट गाउँपालिकाले योजना सम्झौता, योजना फरक-फरक, आयोजना सम्बन्धित अभिमुखीकरण, ज्येष्ठ नागरिक सम्मान, गरिब घरपरिवार तथा अपांगता परिचयपत्र वितरण, व्यवसाय दर्ता, औषधी वितरण, स्वास्थ्य परामर्शलगायतका सेवा प्रदान गरिरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij