Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

  • 248
    SHARES
  • ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

    काठमाडौं । काठमाडौंको स्वयम्भूमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

    काठमाडौं महानगरपालिका-१५ स्वयम्भू चमतीमा प्रदेश ३-०१-००३ क ७५१२ नम्बरको ट्यांकरले बा८१प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काठमाडौं महानगरपालिका-२४ बस्ने ५५ वर्षीय नरेन्द्रमुनी बज्राचार्यको मृत्यु भएको हो ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका बज्राचार्यको महमोहन अस्पताल स्वयम्भूमा उपचारका क्रममा गएराति मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । दुर्घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता भट्टले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij