Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

भेरी अस्पताल घटनाः चिकित्सक संघले गर्यो ‘कालो दिन’ घोषणा 

भेरी अस्पताल घटनाः चिकित्सक संघले गर्यो ‘कालो दिन’ घोषणा 

  • 1.1K
    SHARES
  • भेरी अस्पताल घटनाः चिकित्सक संघले गर्यो ‘कालो दिन’ घोषणा 

    काठमाडौं । नेपाल चिकित्सक संघले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको हातपातको घटनालाई ‘कालो दिन’ को रूपमा घोषणा गरेको छ ।

    संघले शुक्रबार विज्ञप्ति जारी गर्दै सम्पूर्ण स्वास्थ्यकर्मीलाई कालो पट्टी बाँधेर सेवा गर्न निर्देशन दिएको छ ।

    दोषीलाई कडाभन्दा कडा कारबाही नभए स्वास्थ्यकर्मीहरू आफ्नो कामबाट विमुख हुने अवस्था आउन सक्ने संघको भनाइ छ ।

    भेरी अस्पतालमा बिहीबार राति ड्युटीमा रहेका चिकित्सक तथा स्वस्थ्यकर्मीलाई मनोबल बढाउनुको सट्टा हातपात र अस्पतालसमेत तोडफोड गर्ने कार्य भएको भन्दै संघले स्वास्थ्यकर्मी असुरक्षित रहेको विज्ञप्तिमा जनाएको छ।

    विज्ञप्ति191330311_1494758020855869_6051949651629983535_n.jpg

    प्रधानमन्त्रीज्यू, स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई उन्मुक्ति नदिइयोस्: गगन थापा  प्रधानमन्त्रीज्यू, स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई उन्मुक्ति नदिइयोस्: गगन थापा 

    स्वास्थ्यकर्मीमाथिकाे आक्रमण जति निन्दा गरे पनि कम हुन्छ, दोषीलाई अविलम्ब कारबाही गरियोस्ः डा.संग्रौला स्वास्थ्यकर्मीमाथिकाे आक्रमण जति निन्दा गरे पनि कम हुन्छ, दोषीलाई अविलम्ब कारबाही गरियोस्ः डा.संग्रौला

     

     

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij