वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछानेलाई गृह मन्त्रालय पाउनुपर्ने अडान छाड्न आग्रह गरेका छन् ।
मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा लामिछानेलाई प्रधानमन्त्रीले पुनः रास्वपालाई गृहमन्त्रालय दिँदा स्वार्थ बाझिने र जवाफ दिन अप्ठेरो हुने भन्दै अर्को मन्त्रालय लिन आग्रह गरेका हुन् ।
उक्त भेटवार्तामा लामिछानेले गृहमन्त्रालाय रास्वपाले नपाएर सरकारमा नबस्ने चेतावनीसमेत दिएको स्रोतले जनाएको छ । रास्वपाले गृहमन्त्रालय आफूले पाउनुपर्ने अडान राखिरहेको छ भने प्रधानमन्त्री प्रचण्ड उक्त मन्त्रालयल आफैसँग राख्ने मनसायमा देखिएका छन् ।
नागरिकता विवादका कारण रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्रीको पद गुमाएका थिए । रविको राहदानी सम्बन्धी विवाद अझै कायम रहेको र गृह मन्त्रालय लिँदा स्वार्थ बाझिने तर्क प्रधानमन्त्रीको रहेको बालुवाटार स्रोतको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij