Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

लिदी पहिरोबाट विस्थापितलाई जग्गाधनी पुर्जा वितरण

लिदी पहिरोबाट विस्थापितलाई जग्गाधनी पुर्जा वितरण

  • 964
    SHARES
  • लिदी पहिरोबाट विस्थापितलाई जग्गाधनी पुर्जा वितरण

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित ४१ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । जुगल गाउँपालिका-२, लिदीमा पहिरोबाट विस्थापितलाई साढे दुई वर्षपछि जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

    प्रतिनिधिसभा सदस्य माधव सापकोटाले पीडित परिवारलाई मंगलबार पुर्जा वितरण गरेका छन् । २०७७ साउन ३० गते जुगल गाउँपालिकाको लिदीमा बस्तीमाथिबाट पहिरो जाँदा दुई सय नौ परिवार विस्थापित भएका थिए ।

    तीमध्ये ४१ परिवारलाई चौतारा साँगाचोकगढी नगरपालिका-४ देउरालीमा सुरक्षित जग्गा व्यवस्थापन गर्दै जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो । जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्वोका अनुसार नयाँ बस्ती विकास गर्ने गरी जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको हो ।

    आगामी दिनमा बाढी प्रभावित र विस्थापितका लागि आयआर्जन, स्वरोजगार बन्न थप कार्यक्रम ल्याइने उनको भनाइ छ । पीडित ६४ परिवारलाई सेलाङको बाँसखर्क, २७ परिवारलाई बराम्चीको चनौटे तथा ७५ परिवारलाई लिदीको सिमलडाँडामा स्थानान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

    विस्थापितलाई आवास निर्माणका लागि सरकारले प्रतिपरिवार पाँच लाख उपलब्ध गराएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij