Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सुडानमा रहेका शरणार्थीका लागि सहयोग माग

सुडानमा रहेका शरणार्थीका लागि सहयोग माग

  • 373
    SHARES
  • सुडानमा रहेका शरणार्थीका लागि सहयोग माग

    सुडान । सुडानमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोगले सहयोग माग गरेको छ । संयुक्त राष्ट्रसंघीय उच्च आयोगले विश्वका विभिन्न दाता तथा देशहरुसँग पनि सो सहयोगका लागि आग्रह गरेको हो ।

    सुडानमा शरणार्थीहरुको संख्या बढ्दै गएकाले उनीहरुलाई अत्यावश्यकीय सहयोगका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोगले विगतदेखि नै यस्तो सहयोगका लागि आग्रह गर्दै आएको थियो ।

    मंगलबार सो आयोगले विभिन्न ४१ वटा संघसंस्था तथा देशहरुलाई सुडानका शरणार्थीका लागि सहयोगको आग्रह गरेको हो ।

    हाल सुडानमा कम्तीमा पनि नौ लाख शरणार्थी रहेका र उनीहरुका लागि आवश्यक खाद्यान्न एवं अन्य सहयोग आवश्यक परेको बताइएको छ ।

    उक्त आयुक्तको कार्यालयले मंगलबार एक विज्ञप्ति प्रकाशन गरी सन् २०२३ का लागि आवश्यक आर्थिक सहयोग गर्न विश्वका विभिन्न देशलाई आग्रह गरेको हो ।

    सुडान अफ्रिकी देशमा शरणार्थीहरुलाई शरण दिइरहेको दोस्रो ठूलो मुलुक हो । त्यहाँ अहिले पनि नौ लाख भन्दा बढी शरणार्थी रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # सुडान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij