Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सडक विभागका पूर्वमहानिर्देशक खनालको भक्तपुरस्थित ६५ आना जग्गा सरकारद्वारा जफत

सडक विभागका पूर्वमहानिर्देशक खनालको भक्तपुरस्थित ६५ आना जग्गा सरकारद्वारा जफत

  • 352
    SHARES
  • सडक विभागका पूर्वमहानिर्देशक खनालको भक्तपुरस्थित ६५ आना जग्गा सरकारद्वारा जफत

    काठमाडाैं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सडक विभागका पूर्वमहानिर्देशक आनन्दप्रसाद खनालको भक्तपुरस्थित ६५ आना जग्गा सरकारले जफत गरेको छ । सर्वाेच्च अदालतले फैसला गरेको १० वर्षपछि उनको जग्गालगायत स्रोत नखुलेको सम्पत्ति जफत प्रक्रिया अघि बढेको हो । उनीमाथि अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा दायर भएकाे थियाे।

    गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले गत साता भक्तपुरको कटुन्जेस्थित खनालको जग्गा आफ्नो नाममा ल्याएको हो । जग्गाको हालको बजारमूल्य करिब १६ करोड रुपैयाँ छ । जफत भएको जग्गामा विभागले कसुरजन्य सम्पत्ति राख्न स्टोर बनाउने तयारी गरेको छ । 

    सर्वाेच्च अदालतले १२ भदौ ०६९ मा खनाललाई दोषी ठहर गरी एक वर्ष तीन महिना कैद, एक करोड २१ लाख ५२ हजार ४४ रुपैयाँ जरिवाना र स्रोत नखुलेको उनको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो । 

    सर्वोच्चले खनालका छोराको नाममा काभ्रेको श्रीखण्डपुरमा रहेको जग्गा पनि जफत हुने फैसला गरेको थियो जुन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । छोरीछोरीको नाममा टाउन डेभलपर्स कम्पनीको नाममा ५१ हजार कित्ता सेयरबराबरको रकम भने नेपाल सरकारको राजस्व खातामा जम्मा भइसकेको छ । त्यस्तै, १२ वटा बैंक खातामा रहेको १८ लाख ९६ हजार नगद पनि जफतको फैसला भएको थियो । सो रकम जफत भए–नभएको विषयमा विभागले जिल्ला अदालत काठमाडौैंलाई पत्राचार गरेको छ । नयाँ पत्रिका दैनिकबाट

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij