Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पाँच वर्षमा साढे छ हजार नयाँ उद्योग थपिए  

पाँच वर्षमा साढे छ हजार नयाँ उद्योग थपिए  

  • 277
    SHARES
  • पाँच वर्षमा साढे छ हजार नयाँ उद्योग थपिए  

    वीरगञ्ज । पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा छ हजार चार सय ८२ नयाँ उद्योग थपिएका छन् ।

    आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म सेवा मूलक उद्योगतर्फ तीन हजार पाँच सय २७, कृषि तथा वन्यजन्यतर्फ एक हजार सात सय ३४, उत्पादन उद्योगतर्फ एक हजार एक सय २४ र पर्यटनतर्फ ४५ वटा उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्ज पर्साका प्रमुख धनजयकुमार सिंहले जानकारी दिए ।

    यस्तै चालु आवको पुस मसान्तसम्म सेवामूलकतर्फ दुई सय ६०, कृषि तथा वन्यजन्यतर्फ एक हजार एक सय ३०, उत्पादनमूलकतर्फ ८२ वटा, निर्माणतर्फका ५२ र पर्यटनतर्फ ३५ वटा उद्योग दत्र्ता भएका छन् ।

    यस अवधिमा पाँच हजार २३ उद्योग नवीरकण र छ सय २० वटा उद्योगको लगतकट्टा लगायतका शीर्षकबाट छ करोड ९७ लाख १० हजार ८० राजस्व संकलन भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij