Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

म देशको लागि जे बन्न तयार छु

म देशको लागि जे बन्न तयार छु

  • 1.5K
    SHARES
  • म देशको लागि जे बन्न तयार छु

    म देशको लागि जे बन्न तयार छु 

    images

    खार प्रेमिल जोडी सुस्ताउने चौतारो
    मास हिमनदीको पानी आउने मुहान
    र, त्यहाँ
    ठड्याउ एउटा भव्य सपिङ कम्लेक्स
    सजाउ महङ्गा रक्सी
    या सेक्स टोय
    तिनीहरूलाई खरिद गरेर उपभोगका लागि 
    म उपभोक्ता बन्न तयार छु ।

    बनाउ आफूखुसी विधान
    र निर्वाचन आयोगमा दर्ता गर
    जव चुनाव आउन लाग्छ 
    त्यतिबेला गिजोल-
    पुँजीवाद, समाजवाद र साम्यवाद
    बनाउ तस्कर र माफियाहरूको संगठन
    र पठाउ तिनीहरूलाई टिकट दिएर मेरो गाउँ
    उनीहरूलाई मतदान गर्ने 
    म मतदाता बन्न तयार छु । 

    तिमीले लिएको विकेन्द्रीकरणको परीक्षामा फेल भएपछि 
    थप अध्ययनको उद्देश्यका साथ
    आएको छु म संघीय राजधानीमा 
    घाम, पानी र उज्यालो देख्न नपाउने
    डेरामा मलाई कैदी बनाउ
    महिनैपिच्छे घरबेटीलाई भाडा तिर्न तयार
    म डेरावाल बन्न तयार छु ।

    विचार, लक्ष्य र सिद्धान्त जे सुकै होस्
    अपहरण ? 
    गर्न तयार छु
    लुटपाट ?
    मच्चाउन तयार छु
    कमिशन ?
    तोक्न तयार छु
    महङ्गी ?
    बढाउन तयार छु
    धम्की ? 
    दिन तयार छु
    ब्यालेट बक्स ?
    फुटाउन तयार छु
    मतपत्र ?
    निल्न तयार छु
    भ्रष्ट दलाल ?
    बन्न तयार छु  
    आउ मलाई फसाउ पार्टी कार्यालयको सचिव
    या कुनै विभागको प्रमुख पदको लोभमा
    म तिम्रो कार्यकर्ता बन्न तयार छु ।

    गरिदेउ पहेँला फाँटहरूमा प्लटिङ 
    मिलाइदेउ सस्तो ब्याजमा बैंकको ऋण 
    छरिदेउ बजारमा तरलता
    उत्पादनमा शत्प्रतिशत कटौती गर्नका लागि
    बनाइदेउ खेत-खेतमा सिमेन्टको जङ्गल
    अनि उकालो लगाइदेउ महङ्गीको ग्राफ 
    म यति तन्नम बन्न सकूँ कि
    मेरो पहुँचमै हुन नसकोस् धान या तरकारीको बीउ
    यिनीहरूको सहज आपूर्तिका लागि
    सुम्पिदेउ कसैलाई मेरो सार्वभौमसत्ता
    म बिनारोकतोक ग्राहक बन्न तयार छु । 

    नामेट पारिदेउ पानीघट्ट र ढिकी–जातो 
    बिर्साउन मलाई पैदलको आनन्द
    भित्र्याइदेउ मर्सिडिज, भक्सवागन या पजेरो
    देशमै रोजगारीको अवसर होइन
    भ्रान्ति र आधारहीन सपनाहरू बाँडिदेउ
    र, साटिदेउ वैदेशिक रोजगारीसँग मेरो स्वाभिमान
    म चुपचाप नोकर बन्न तयार छु । 

    हवस्, हवस् भनिराख
    हुन्छ हुन्छ मानिराख
    छुट्न नदेउ सत्तालिप्साको कक्षबाट कुर्सीको गुरुत्व
    देशमा स्थिर राजनीतिको नाममा
    च्यातिदेउ मेरो नागरिकता
    म पूर्णसहमतिका साथ अनागरिक बन्न तयार छु ।   

    महामारीले थिल्थिलिएको छु म
    झुम, टीम वा ट्वीटरमा
    बैठक राख 
    र, मेल गर प्रेस विज्ञप्ति सञ्चार गृहहरूमा: 
    -चीनबाट
    -रुसबाट
    -भारतबाट
    -बेलायतबाट
    -अमेरिकाबाट
    यति टन स्वास्थ्य सामग्री ल्याउँदैछु
    ठिकै छ तिम्रा सामग्री तिमी नै ल्याउँदै गर
    जिउ दुखी दुखी 
    छाती पोली पोली 
    म बाँच्न तयार छु
    सास फेर्न नसकेर
    म लास बन्न तयार छु ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology